Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – विराटनगर किंग्सले सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) क्रिकेटमा काठमाडौं गोल्डेन्सलाई १६५ रनको चुनौति दिएको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

विराटनगरका लागि बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उकासेका थिए । बाबरले ३३ बलमा ७ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाए । त्यस्तै, ओपनर दिलिप नाथले ३३, पृथु बास्कोटाले ११, अनिलकुमार शाह र बसन्त रेग्मीले समान १०-१० रन बनाए । ३८ रन हँुदा विराटनगरले पहिलो विकेटको रुपमा अनिलकुमार शाहलाई गुमाएको थियो । ७० रन हुदा दोस्रो विकेटको रुपमा दिलिप नाथलाई गुमाएको विराटनगरले लगतै ७० रन हुदा नै शुभम कामतलाई गुमाएको थियो ।

काठमाडौंका लागि ललितनारायण राजवंशीले ३ र राशिद खानले २ विकेट लिए ।तीन खेल खेलेको काठमाडौं शतप्रतिशत जित हात पार्दै प्लेअफमा पुगिसकेको छ । यता, विराटनगर किंग्स आजको खेलमा जित हात पारे प्लेअफमा पुग्ने छ ।

तपाईको प्रतिक्रिया