Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

कैलाली – कप्तान सोमपाल कामीले आक्रामक ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिग क्रिकेटमा टीम चौराहा धनगढीले सीवाइसी अत्तरियालाई ३ विकेटले हराएको छ । १ सय ५१ रनको लक्ष्य धनगढीले ७ विकेट गुमाएर भेट्टाएको हो ।

धनगढीका लागि कप्तान सोमपाल कामीले मात्र १५ बलमा ३८ रन बनाए । यस्तै रोहन मुस्तफाले  ४० रन बनाए । टस हारेर पहिले ब्याटिङ्ग गरेको अत्तरियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको हो ।

अत्तरियाका लागि विपिन चन्दले नटआउट २८, प्रेम तामाङले २८ र कुशल भुर्तेलले २५ रन बनाए । धनगढीका ललितसिंह भण्डारीले ३ तथा रोहन मुस्तफाले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया