Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

नेपालका राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा अाेलीलाइ छिमेकी मुलुक भारतका समकक्षी नरेन्द्र माेदीले भारत भ्रमणकाे निम्तो पठाएपछि अहिले फेरि एकपटक प्रधानमन्त्री अाेलीकाे भारत भ्रमणले नेपाल र भारतमा राजनीति तरङ्ग फैलाइदिएकाे छ ।२०७२ सालमा प्रधानमन्त्री भएको समयमा भारतले गरेको नाकाबन्दी र अाेलीले लिएको राष्ट्रवादी अदान कै कारणले नेपालका प्रधानमन्त्री अाेली बिश्व जनसमुदाय सामु चर्चित समेत बन्न पुगेका हुन् साच्चै भन्ने हाे भने अाफ्नाे चाहना बिपरित बनेको नेपालकाे संविधान नै मित्र राष्ट्रकाे टाउको दुखाइकाे बिषय बन्न पुगेको थियो ।
अनेक प्रकारका खेल खेल्दा पनि नेपाललाई गलाउन नसकेकाे इतिहास बनिसकेको छ । सधैं सधैं अाफ्नाे गुलाम जस्तो व्यवहार गर्ने भारतकाे हेपाहा प्रबृत्ति पनि अहिले अाएर सारा नेपालीले थाहा पाइसके हाम्रो राजनीति नेताहरू पनि सरकार प्रमुख बन्न भारत कै शासककाे दलाली गर्ने चाकरी गर्ने गरेको कुरा पनि अहिले घामजस्ताे छर्लङ्ग भएको छ  ।
जबजब देशमा प्रधानमन्त्री परिवर्तन हुन पुग्छ तबतब नेपालका प्रधानमन्त्रीले छिमेकी मुलुक मध्य चीनको हैन भारत कै भ्रमण हुने गर्छ  । पुरानो परम्परा अहिलेसम्म कायमै छ अरू कुरामा क्रम भंग भए पनि भारतीय शासककाे चाकरी चाप्लुसीमा जाने कुरामा भने अहिलेसम्म क्रम भंग हुन सकेको छैन ।साच्चै अहिलेसम्म नेपाली जनताले बुझ्न नसकेको कुरा के हाे भने नेपालमा जुनसुकै पार्टीको नेता प्रधानमन्त्री भए पनि भारत नगई नहुने कस्तो अचम्मकाे परम्परा बसेकाे छ ।
२००७ सालमा १०४ बर्षिय राणा शासनकाे अन्त्य भयो तर त्यो संझाैता  पनि छिमेकी मुलुक भारतले नै गराइ दियो । अहिलेसम्म पनि भारतले नेपालकाे राजनीतिमा हस्तक्षेप गर्दै अाएकाे देखिन्छ । २०४६ सालमा पंचायती प्रधानमन्त्री मरिचमान सिंहले देशको पक्षमा अदान लिदै गर्दा भारतले नाकाबन्दी गरेर दुख दिने काम गरेको कुरा अहिले पनि नेपाली जनताले भुलेका छैनन् । मरिचमानकाे अदान कायमै रहदै थियो । तर भारतले पंचायती ब्यबस्थाकाे बिराेधमा भएको अान्दोलनलाई खुलेअाम समर्थन गरेर नेपालमा प्रजातान्त्र नभएको अाराेप लगायाे ।साच्चै ३० बर्षसम्म पंचायतले शासन गर्दा प्रजातान्त्र कहाँ थियो भारतले के हेरिरहेको थियो कुरा स्पष्ट छ । जुन बेला सम्म नेपाली शासक भारतीय शासकको दास बन्न तयार हुन्छ त्यो बेलासम्म उसलाई केही मतलब हुदैन ।
अहिले फेरि नेपालमा बामपंथी गठबन्धन बाट शक्तिशाली प्रधानमन्त्री बन्न सफल हुनु भएका केपी शर्मा अाेली लाई भारतीय समकक्षी माेदीले भारत भ्रमणकाे निम्तो दिएको छ जसलाई सकारात्मक कदम मान्नुपर्छ । तर हिजोका दिन जसरी सम्बन्ध   बिग्रिएको थियो अब त्यसलाई सुधार गर्ने तर्फ दुबै देशले ध्यान दिनुपर्ने देखिन्छ ।अहिलेसम्म भारतमा जादैगर्दा नेपालकाे एजेन्डा के हाे कुन कुन बिषयमा छलफल गर्ने भन्ने सरकारले निति बनाउन जरुरी छ । पटकपटक   बिग्रिएको सम्बन्धलाई सुधार गर्ने भनेर प्रयास गरेपनि त्यो सुधार हुनसकेको भने देखिदैन ।जबसम्म भारतले अाफुले भने जस्तो हुदैन तबसम्म उसले जुनसुकै मुल्य चुकाउनु परेपनि तयार हुन्छ तर अाफ्नाे काम कुरा पूरा गराएर नै छाेड्छ अबस्था यस्तो छ ।अहिले सम्म राष्ट्रवादी छवि बनाउन सफल नेपालका प्रधानमन्त्री केपी अाेलीलाई भने हिजो ९ महिने शासनकालमा त्यो इतिहासलाइ कायमै राख्न भने निकै सकस पर्ने देखिन्छ ।अबकाे प्रत्येक दिन प्रत्येक पल चुनाैतीकाे पहाड तिर हिड्नु पर्ने छ ।
भारतले हिजो गरेको नाकाबन्दीले नगलेकाे अाेलीलाइ फेरि नयाँ जालमा षड्यन्त्रमा पारेर फेरि पनि अाफ्नाे दास बनाउन चाहन्छ भन्ने कुरा बुझ्न जरुरी छ । तर यसको मतलब भारतकाे भ्रमण नगर्ने भनेकाे पनि हैन निम्तो दिएको ठाउँमा जानुपर्छ तर गएर अाफ्नाे कुरा अाफ्नाे एजेन्डा स्पष्ट संग राख्न सक्नुपर्छ ।
पटकपटक १९५० र १९६५ नेपाल भारत बिच भएको असमान सन्धि संझाैता खारेज गरेर अहिले नयाँ सन्धि गर्ने भनेकाे पनि ३० बर्ष भन्दा बढी भैसक्याे तर खाली कुरा कुरामै सिमित हुन पुगेको छ । महाकाली सन्धि पनि अहिलेसम्म लथालिङ्ग अबस्थामा छ । अहिलेसम्म केही प्रगति भएको छैन  देशमा शासक छिनछिनमा परिवर्तन भइरहन्छन् । अहिलेसम्म भारतीय शासकले नेपालकाे  सरकार प्रमुखलाई बिरालोले मुसा खेलाजसरी खेलाउने गरेकाछन् । तर पनि सरकारमा पुग्नकाे लागि मुसा बन्नपनि तयार हुने प्रबृत्तिकै कारणले पनि भारती दबदबाब कायमै छ । अहिले हुन लागेको भारत भ्रमण पनि पुरानो परम्परा कै निरन्तरता हाे । अहिले प्रधानमन्त्री अाेली भारत जाने कुराले पनि निकै चर्चा परिचर्चा पाएकाे छ अब भने भारतमा गएर अाउने मात्रै ठूलो कुरा भएन ।  अहिलेसम्मकाे शाख जाेगाउने नै प्रमुख कुरा हाे । बामपंथी गठबन्धनबाट देशको शक्तिशाली प्रधानमन्त्री भएपछि भारतीय परराष्ट्रमन्त्री सुषमा स्वराजलाई नेपालमै बाेलाएर कुराकानी गर्ने काम भएपछि भारत सरकारकाे निम्तो पठायाे । साच्चै बाहिर सतहबाट हेर्दा  भारतले राम्रो संग बाेलाएकाे देखिन्छ  । तर भारतकाे मुख्य उदेश्य भनेको समेसम्म फकाउने अनि अाफ्नाे अनुकूल चलाउने नै हाे भन्दा फरक पर्दैन हाे  । नेपालले पनि दुबै छिमेकी संग समान धारणा र व्यवहार गर्न सक्नुपर्छ  । देशको पक्षमा देशको हितमा अाफ्नाे अदान कायमै राख्न सक्नुपर्छ । अहिलेसम्म जुन इतिहास बनाउन सफल छबि अाेलीले बनाउन सफल भएका छन् त्यसलाई जाेगाउन सक्नुपर्छ ।
भारतसंग हुने सहमति संझाैता स्पष्ट रूपमा नेपाली जनताले बुझ्ने भाषामा भाेलिका दिनमा सार्वजनिक गर्न सक्ने हैसियत पनि राख्न जरुरी छ । तर यसपटक भने अाेलीले  भारत सरकारसंग कुनै सन्धि संझाैता गर्ने कार्यक्रम बनाएको देखिदैन । तर भारतले अाकस्मिक रूपमा केही कुरा गर्न गराउने प्रयास गर्न सक्छ । यसबारे सचेत रहन जरुरी छ अहिले नेपालले भाेग्दै अाएकाे ब्यापार घाटा कम गर्ने उपाय पनि खाेज्न जरुरी छ । भारतलाई बिश्वासमा लिएर नेपालले लिन सक्ने फाइदा लिनुपर्छ भारतलाई पनि हामीले दिनुपर्ने बिश्वास दिलाउनु पर्छ ।  हिजो जसरी सम्बन्ध चिसो भयो त्यसलाई भने अब राम्रोसँग सुधार गर्न जरुरी छ सिमानामा हुने भारतीय सुरक्षाकर्मी  ज्यादती बन्द गराउन पहल गर्नुपर्ने देखिन्छ । सकेसम्म सिमानामा काँडेतार लगाएर दुबै देशको शान्ति सुरक्षा हुने कामकाे लागि समेत एजेन्डा राख्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया