Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

धनगढी – धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछन ।

सघिय प्रहरी कार्यालयको खेल मैदानमा हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा टीम चौराहा धनगढी र सिवाईसि अत्तरीया भिडनेछ छन । टिम चौराहा धनगढी सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ भने सिवाईसी अत्तरीया सुवास खकुरेलको कप्तानीमा ।

चौराहा पहिलो खेलमा काठमाण्डौ गोल्डेनसग पराजित भएको थियो भने अत्तरीयाले रुपन्देशी च्यालेन्जर्सलाई पराजित गरेको थियो । खेल विहान ९ बजेदेखि सुरु हुने छ ।

त्यस्तै, आज दिउसो १ बजे हुने दोस्रो खेलमा रुपन्देशी च्यालेन्जर्स र काठमाण्डौ गोल्डेन्सविच प्रतिस्पर्धा हुने छ । रुपन्देशी च्यालेन्जर्स कप्तान शक्ति गौचन हुनुहुन्छ भने काठमाण्डौ गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल छन् ।

तपाईको प्रतिक्रिया