Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र आर्सनल विजयी भएका छन् ।

टोटनह्याम हट्सपर र आर्सनल विजयी, म्यान्चेस्टर सिटी उपाधि नजिक

गएराति भएको लण्डन डर्बीमा टोटनह्यामले चेल्सीलाई ३–१ ले हरायो ।

चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीका अल्भारो मोराटाले पहिलो गोल गरे । तर टोटनह्यामका डेले अलीले दुई तथा क्रिश्चियन एरिक्सनले एक गोल गरेपछि पाहुना टोली टोटनह्याम ३–१ ले विजयी भयो ।

यो हारसँगै चेल्सीको शीर्ष चारभित्र पर्ने सम्भावना कमजोर भएको छ ।

गएराति भएको अर्को खेलमा आर्सनलले स्टोक सिटीलाई ३–० ले पराजित गर्‍यो । खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई तथा अलेक्जेडर लाकाजेट्ले एक गोल गरे ।

गएरातिका खेलहरुपछि इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा ३१ खेलबाट ८४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा ६८ अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।

एक खेल बढी खेलेको लिभरपुल ६६ अंकसहित तेस्रो स्थानमा रहँदा ६४ अंक जोडेको टोटनह्याम हट्सपर चौथो स्थानमा छ । पाँचौ स्थानको चेल्सीको ५६ अंक रहँदा ५१ अंकसहित आर्सनल छैटौं स्थानमा समेटिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ । सिटीले अर्को हप्ता दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग खेल्दैछ । उक्त खेल जितेको खण्डमा म्यान्चेस्टर सिटी प्रिमियर लिगको नयाँ च्याम्पियन बन्नेछ ।

लिगमा ७ खेलमात्रै बाँकी रहँदा सिटीले युनाईटेडसँग १६ अंकको अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया