Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – धनगढीमा जारी डीपीएल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज दुइ खेल हुँदै छ ।

पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरियाबीच प्रतिष्पर्धा हुने छ । यस्तै आजै हुने दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच खेल हुनेछ ।

यस अघि हिजो भएको उद्घाटन खेलमा आयोजक टिम चौराहा धनगढीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको थियो । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले एक अर्कासँग खेल्नेछन् ।

शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो र दोस्रो हुने टिमको विजेता क्वालिफायर पुग्नेछन् । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विभिन्न ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २५ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै दोस्रो हुने टिमले १० लाख, तेस्रोले तीन र चौथोले दुई लाख प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया