Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपिएलको ११औं संस्करणमा सहभागी हुन नेपाली युवा बलर सन्दिप लामिछाने आज दिल्ली प्रस्थान गरेका छन् ।

विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने आइपिएलमा लामिछाने दिल्ली डेयरडेभिल्सबाट खेल्न लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएको अवसरलार्इ सदुपयोग गर्न सक्दो प्रयास गर्ने बताए ।

यसअघि सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेललनमा बोल्दै लामिछानेले आफ्नो लागि आइपिएलमा खेल्नु ठूलो अवसर भएको बताएका थिए । गत माघको दोस्रो साता भएको आइपीएलको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो ।

तपाईको प्रतिक्रिया