Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडाैं – एसिया कप छनोटबाट बाहिरिइसकेको नेपालले अाज यमनसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । तटस्थ भेन्यु कतारको दोहामा खेल्न लागिएको उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपाल घरेलु मैदानमा यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यमनसँगको खेलका लागि एक साताको छोटो तयारी गरेर कतार गएको हो। नेपाली टोलीका प्रशिक्षक ग्योतुकु कोजीले यमनसँगको खेल राष्ट्रिय टोलीको पछिल्लो स्तर थाहा पाउन महत्वपूर्ण हुने बताएका छन् ।

नेपालले गत नोभेम्बरमा एसिया छनोटअन्तर्गत नै फिलिपिन्ससँग घरेलु मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।  अवे खेलमा भने नेपाल फिलिपिन्सँग ४-१ गोलले पराजित भएको थियो। समूहमा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान छन्। नेपाल ताजकिस्तानसँग २-१ र ३-० गोलले पराजित भएको थियो ।

नेपाल पाँच खेल सक्दा दुई अंकका साथ तालिकाको अन्तिम स्थानमा छ । फिलिपिन्स नौ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट खेलबाट शीर्ष दुई टोली सन् २०१९ मा यूएईमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया