Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  जिम्बावेमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सुपर ६ को अन्तिम चरणको खेल बाँकी रहदा वेस्ट इन्डिज विश्वकपमा छनोट नजिक पुगेको छ।

जिम्बावे र स्कटल्यान्डको पनि विश्वकप छनोट सम्भावना प्रवल छ। यता आयरल्यान्ड र अफगानिस्तानको पनि विश्वकपमा छनोट हुने आसा छ। सुपर ६ मा पुगेको युएईको भने छनोट हुने सम्भावना सकिएको छ।

छनोट दौडमा रहेका ६ मध्ये २ टिम मात्र विश्वकपमा छनोट हुनेछन्।

अन्तिम चरणमा बुधबार वेस्ट इन्डिज र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ भने बिहीबार जिम्बावे र युएई तथा शुक्रबार अफगानिस्तान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

वेस्ट इन्डिज विजयी भएमा विश्वकपमा छनोट हुनेछ। स्कटल्यान्ड र जिम्बावेका लागि पनि जितले विश्वकपमा छनोट हुने सभ्भावना प्रवल हुनेछ। आयरल्यान्ड र अफगानिस्तानका लागि भने छनोट हुन आफुले जित निकालेर मात्र पुग्दैन अन्य टिमको हारको समेत कामना गर्नु पर्नेछ। दुवै टिमले छनोट हुन स्कटल्यान्ड र जिम्बावेको हारको कामना गर्नु पर्ने हुन्छ।

तपाईको प्रतिक्रिया