Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएको नेपाली क्रिकेट टिम भोलि (सोमबार) स्वदेश फर्किदैछ । भोलि साँझ ५ बजेर ५५ मिनेटमा क्रिकेट टिम नेपाल आईपुग्नेछ । दुबई हुँदै नेपाली क्रिकेट टिम सोमबार राति मात्रै स्वदेश आई पुग्न लागेको हो ।

नेपालले जिम्बावेमा ऐतिहासिक सफलत पाउँदै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । २२ वर्षे क्रिकेट यात्रामा नेपालले पाएको यो सफलता सबैभन्दा ठूलो हो । नेपालले विश्वकप छनोटमा आठौं हुँदै यात्रालाई समाप्त गरेको हो । सातौँ स्थानको लागि भएको खेलमा नेपाल नेदरल्याण्डसँग ४५ रनले पराजित भएको थियो । नेपालले विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दा यता नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यता पाएको हो ।

नेपालले समूह चरणमा भने ३ खेलमा हार ब्यहोरेको थियो भने एक खेलमा जित हात पारेको थियो । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको जित दर्ता गराएको थियो । नेपालको एक दिवसीय मान्यता सन् २०२२ सम्म रहनेछ ।

तपाईको प्रतिक्रिया