Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – जिम्बावेमा जारी आईसिसी विश्वकप छनोटमा नेपालले आठौं स्थान हात पारेको छ । सातौं स्थानका लागि भएको खेलमा नेपाल, नेदरल्यान्ड्ससँग ४५ रनले  पराजित भयो ।

यसअघि सातौं स्थानका लागि भएको प्ले अफ खेलमा पपुआन्युगिनीलाई हराएर नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । समूहगत चरणमा सुरुका तीन वटै खेलमा पराजित भएको नेपालले चौथो तथा अन्तिम खेलमा हङकङलाई हराएर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना कायम राखेको थियो । नेदरल्यान्ड्ससँगको नतिजापछि नेपाल विश्व वरियतामा १६ ‌‌‌औं स्थानमा रहने छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५०  ओभरमा ९  विकेट गुमाएर  एक सय ८९ रन जोड्यो । सोमपाल कामीले  चार  तथा ललित राजबंशी र सन्दीप लामिछानेले दुई  दुई  विकेट लिए। नेदरल्यान्ड्सका बास डे लिडेले ३९, म्याट डोउडले २८,  पिटर सिलारले २३ तथा रोलेफ भान डर मार्वे  र स्कट एडवार्ड्सले २५/२५ रन बनाए।

नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएर १४४ रन जोड्यो । नेपालका सोमपाल कामीले  ३६, दीपेन्द्रसिंह एेरीले २५,  कप्तान पारस खड्का २२, अारिफ शेख पाँच,अनिल शाह ८,  ज्ञानेन्द्र मल्ल चार र  रोहित पौडेल शुन्यमा आउट भए । पछिल्लोक्रमका सोमपाल कामीले  र करन केसीले १३ रन बनाए । सन्दीप लामिछानेले अविजित १४ रन बनाए ।

तपाईको प्रतिक्रिया