Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १ सय ८९ रन बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए ।

१० ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै २४ रन दिए। लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका सोमपालले आजको खेलमा ४ विकेट लिएसँगै ५४ विकेट लिएका छन् । सन् २०१४ मा युएइ विरुद्धको खेलबाट उनले लिस्ट ए को खेलमा प्रवेश गरेका थिए ।  नेपालका सन्दीप लामिछानेले नेदरल्याण्डको महत्वपूर्ण विकेट लिए ।

नेदरल्याण्डका मेक्सो डाउटलाई उनले २८ रनमा आउट गरेका हुन् । सातौं विकेटको रुपमा सन्दीपले टिम गुप्टेनलाई १ रनमा नै आउट गराए  । १० अाेभर बलिङ गरेका सन्दीपले १ मेडन अाेभर फाले  उनले ४१ रन दिए ।  पाँचौ विकेटको रुपमा नेपालका ललित राजवंशीले रोयलफ मिरवीलाई २५ रनमा र छैटौं विकेटको रुपमा स्कर्ट एडवासलाई पनि २५ रनमा नै आउट गरेका हुन् । १० अाेभर नै बलिङ गरेका ललितले पनि १ मेडन अाेभर फाल्दै २ विकेट लिएर ३८ रन खर्चे ।

८ ओभर बलिङ  गरेका शक्ति गौचनले १ विकेट लिएर ३६ रन दिए । ६ ओभर बलिङ गरेका करण केसीले १ मेडन ओभर फालेर २८ रन दिए । ६ ओभर नै बलिङ  गरेका कप्तान पारस खडकाले १ मेडन ओभर बलिङ गरेर १२ रन दिए । नेपालले केही समयमा जवाफी ब्याटिङ थाल्नेछ  ।

तपाईको प्रतिक्रिया