Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विश्वकप छनोटको प्लेअफ अन्तर्गत आज पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ । अर्को प्लेअफमा नेदरल्याण्डसँग हङकङ ४४ रनले पराजित भएसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि पहिलो पटक एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

यो सफलतासँगै नेपालले पहिलो पटक एक दिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा ऐतिहासिक उपलब्धी हात पारेको हो । एक दिवसीय टोलीको मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटको विकाशका लागि निक्कै महत्वपुर्ण मानिएको छ । आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता प्राप्त गर्न आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई जितेर मात्र हुने थिएन । नेदरल्याण्डले हङकङलाई हराएपछि नेपालको जित सार्थक भएको छ । आजको खेलमा नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीमाथि सहज जित दर्ता गरेको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान सस्तैमा समेटिए । दोस्रो चरणका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । उनले तीन छक्का र एक चौकाको मद्दतमा ५० रन पूरा गरे ।

पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका आरिफ शेख चौथो विकेटका रुपमा २० दशमलव ६ ओभरमा ४२ बलमा २६ रन बनाएर आउट भए । कप्तान पारस खड्का ६ दशमलव पाँच ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका थिए । उनले १८ बलमा २० रन मात्र जोड्न सके।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल तीन बलमा एक रन बनाएर आउट भए भने अनिल शाह नौ रनमा आउट भएका थिए । पपुवा न्यूगिनीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले चारचार विकेट लिएका थिए भने सोमपाल कामी र करण केसीले एकएक विकेट लिए ।

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् । गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्ने क्रममा नेपाल पहिलो पटक एकदिवसीय टोलीको मान्यता पाउन सफल भएको हो ।

तपाईको प्रतिक्रिया