Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवशीय मान्यताका लागि निर्णायक खेलमा नेपालले भोलि पपुवा न्यूगिनीसँग खेल्दैछ । सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनोटबाट बाहिरिएको नेपालको बिहीबारको खेल एकदिवशीय मान्यताका लागि हो ।

समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बी को चौथो स्थानमा रहेको नेपालबीचको प्लेअफ खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । यसअघिका सबै खेल वुलावायोमा खेलेको नेपालले बिहीबार हरारेस्थित हरारे स्पोर्टस क्लवको मैदानमा खेल्नेछ । नेपालका लागि यो मैदान नयाँ हो । यस खेलमा नेपाल विजयी भएमा एकदिवशीय मान्यताका लागि नजिक हुनेछ ।

भोलि समूह एमा चौथो भएको नेदरल्याण्ड्स र समूह बीमा पाँचौं भएको हङकङबीच पनि हुने अर्को प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस खेलमा नेदरल्याण्ड्स विजयी भएमा र नेपालले पीएनजीलाई हराएमा नेपालले एकदिवशीय मान्यता पाउनेछ । तर, त्यस खेलमा हङकङ विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी चार वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ । भोलि हुने दुवै प्लेअफमा पराजित हुने टोली डिभिजन टू मा घटुवा हुनेछ ।

तपाईको प्रतिक्रिया