Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – बुटवलमा जारी २० औँ तिलोत्तमा गोल्डकप अन्तरगत अन्तिम क्वाटर फाइनलमा आज त्रिभुवन आर्मी र मनाङ र्मस्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ  ।

झापामा हिजो सकिएको रमपम झापा गोल्डकपको उपाधि जितेको आर्मी सिजनको आठौँ उपाधि जित्ने लक्ष्यका साथ बुटबल पुगेको हो । तिलोत्तमा गोल्डकपको १२ औँ र १६ औँ सस्करणको विजेता समेत रहेको आर्मी मनाङविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

झापा गोल्डकपको सेमिफाइनलमा भिडेका २ टोली लगत्तै अर्को प्रतियागितामा प्रतिद्वन्द्वी रुपमा मैदान उत्रन लागेका हुन् ।  पछिल्लो भेटमा आर्मीसंग ब्योहोरेको हारको बदला लिने अवसर मनाङलाई रहेको छ ।

क्वाटरफाइनल भिडन्त बुटवलस्थित एन्फा एकेडेमीको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुने छ । यसअघि हिजो भएको तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्रीस्टारले फ्रेन्डस क्लबलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको थियो । विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैया हात पार्ने प्रतियोगितामा १० टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया