Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार हङकङबिरुद्ध खेल्दैछ ।

सुपर सिक्स चरणमा पुग्ने सम्भावना गणितीय रुपमा बाँकी नै राख्नका लागि नेपालले हङकङलाई फराकिलो अन्तरको जित हासिल गर्नु आवश्यक छ । तर, झिनो अन्तरमै सही नेपालले हङकङलाई हराएको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बीबाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो  यसपटकका लागि सकिनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने-सामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, कम्तीमा एक टिम असफल हुनुपर्छ ।

नेपाल र हङकङको हेड टु हेड इतिहासमा नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक आमने सामने भएकोमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङ हावी भएको छ । नेपाल र हङकङबीचको पछिल्लो खेल वर्षाका कारण रद्ध भयो ।

यस्तो छ हेड टु हेड

कुल खेल १२

नेपाल विजयी –  ६
हङकङ विजयी – ५
रद्द – १

१९९६ एसीसी ट्रफी इलाइट

नेपाल १३७-१०, (४९ ओभर),  हङकङ १३९-४ (३३.३ ओभर), हङकङ ६ विकेटले विजयी

१९९८ एसीसी ट्रफी इलाइट

नेपाल १५०-१० (३८ ओभर), हङकङ १५४-४ (२८.१ ओभर), हङकङ ६ विकेटले विजयी

२००० एसीसी ट्रफी इलाइट

हङकङ २६८–३ (५० ओभर), नेपाल ८९ रनमै अलआउट (२४ ओभर), हङकङ १७९ रनले विजयी

२००६ एसीसी ट्रफी इलाइट

नेपाल २११-७ (५० ओभर),  हङकङ १२४-१० (४३.३ ओभर), नेपाल ८७ रनले विजयी

२००८ एसीसी ट्रफी इलाइट

नेपाल २४५-७ (५० ओभर)  हङकङ २०१-९ (५०ओभर), नेपाल ४४ रनले विजयी

२०१० एसीसी ट्रफी इलाइट

नेपाल २३६-७ (५० ओभर), हङकङ ११८-१० (३३.४ ओभर), नेपाल ११८ रनले विजयी

२०१२ एसीसी ट्रफी इलाइट

नेपाल २२५-५ (५० ओभर), हङकङ १०० (३७ ओभर), नेपाल १२५ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग

हङकङ १८१-१० (४१.५ ओभर), नेपाल १४७-३ (३४.१), नेपाल डिएलमा ७ विकेटले विजयी

२०१४ विश्वकप छनोट

नेपाल १५०-१० (४९.३ ओभर), हङकङ १५४ (३३.२ ओभर), हङकङ १० विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप

हङकङ २१४-१० (५० ओभर), नेपाल २२०-३ (४४.२ ओभर), नेपाल ७ विकेटले विजयी

२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप

हङकङ १९४ (५० ओभर), नेपाल १११-१० (३४.५ ओभर), हङकङ ८३ रनले विजयी

२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप

एक बल पनि नखेली रद्ध

तपाईको प्रतिक्रिया