Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३-२ ले विजयी भएको हो । खेलमा क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टले दुई गोल गरेपछि पह्लिो हाफमा म्यान्चेस्टर युनाईटेड २-० ले पछि पर्‍यो ।

दोस्रो हाफमा क्रिस स्मलिङ र रोमेलु लुकाकुले एक एक गोल गरेपछि म्यान्चेस्टर युनाईटेड खेलमा फर्कियो । अतिरिक्त समयमा नेमान्जा माटिचले एक गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई विजयी गराए ।

जितसँगै म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको अंक दुरी घटाएर १६ अंकमा सिमित गरेको छ । २९ खेलबाट सिटीको ७८ अंक छ भने युनाईटेडको ६२ अंक छ । ६० अंकका साथ लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया