Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसीसी विश्वकप छनोट क्रिकेटमा आयोजक जिम्बावेले नेपालसामु ३८१ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३८० रन बनाएको हो ।

बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा जिम्बावेका लागि विशाल योगफल तय गर्न ब्रेनडन टायलर र सिकन्दर राजाले शतक प्रहार गरे । राजाले १२३ रन बनाए । उनले ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, टायलरले ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । जिम्बावेका आगि अन्य खेलाडी सोलोमन मिरेले अर्धशतक बनाउँदै ५२ रन बनाए भने सेफास झुवाओले ४१ रनाए ।

क्र्याग इर्भिनले ३४ र हामिल्टन मसाकाड्जाले १७ रन बनाए । नेपालका कुनै पनि बलरले राम्रो बलिङ गर्न सकेनन् । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १–१ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया