Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – मैदान हिलो भएपछि नेपाल र हङकङबीचको अभ्यास खेल रद्द भएको छ । नेपाल र हङकङबीच विश्वकप छनोट क्रिकेटअघिको अभ्यास खेल आज एक बजेपछि हुने तालिका थियो । तर हिजो राति ठूलो पानी परेका कारण मैदान हिलो भएपछि खेल रद्द भएको हो ।

अफिसियलले नेपाली समयअनुसार दिउँसो पौने ३ बजे र त्यसपछि सवा ४ बजेको समय दिए पनि खेल सुरु हुन सकेन र रद्ध गरएिको घोषणा गरियो । विश्वकपको छनोट खेल्न जिम्बाबे पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल आउँदो आइतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

नेपाल अफगानिस्तान, जिम्बावे, हङकङ र स्कटल्याण्डसँगै समूह ‘बी’ मा छ । १० देश सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट हुने २ टिमले बिश्वकप खेल्न पाउनेछन् । फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपालले हङकङसँगै प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग, २४ गते स्कटल्याण्ड र २६ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

 पाँच टोली सम्मिलित समूह बी मा परेको नेपालले समूह चरणको शीर्ष तीनभित्र रहन सके सुपर सिक्स चरणमा प्रवेश पाउनेछ । नेपालले समूहको एकमात्र खेल जिते पनि एकदिवसीय मान्यता पाउनेछ । सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए नेपाल पुनः डिभिजन टू मा झर्नेछ ।

तपाईको प्रतिक्रिया