Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

तेह्रथुम  – आगामी चैत्र तेस्रो साता १० औं राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

चैत्र २३ गतेबाट २५ गतेसम्म म्याङलुङ्ग नगरपालिकाको कालिका मावि जिरिखिम्ती र सरस्वती माविका खेलमैदानमा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा यो वर्ष पनि सामुदायिक विद्यालय स्तरिय विविध खेलकुद प्रतियोगिता सञ्चालन हुने अध्यक्ष केशवकुमार भट्टराईले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक स्तरका विद्यार्थीहरुको खेल प्रतिभाको प्रष्फुटन गराउने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालयको तत्वधानमा हरेक वर्ष यो प्रतियोगिता सञ्चालन हुने गरेको छ ।

प्रतियोगिता अन्तर्गत यस वर्ष पनि भलिबल सहित एथ्लेटिक्स र कराँते, कवड्डी लगायत प्रतियोगिता सञ्चालन हुनेछन् । कक्षा–१२, सम्म अध्ययनरत र १८ वर्ष नकटेका विद्यार्थीहरुले प्रतियोगितामा सहभागी बन्न पाउने व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताउनुभयो ।

प्रतियोगिताका कबड्डी र कराँते खेल सरस्वती माविमा र बाँकी सबै प्रतियोगिताहरु जिरिखिम्तीस्थित कालिका माविको खेलमैदानमा सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगितामा विभिन्न खेलतर्फ ७० वटा गोल्ड तथा सिल्भर र ६६ वटा कास्य पदक प्रदान गरिनेछ । प्रतियोगितामा विजयी विद्यालयहरुले प्रथम, द्धितीय र तृतीयले क्रमशः १५ हजार, १२ हजार र ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साथै छनौटमा भएकाहरुलाई राष्ट्रव्यापी प्रतियोगितामा जिल्लाको तर्फबाट सामेल गराइनेछ ।

तपाईको प्रतिक्रिया