Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसीपको उपाधि नेपाल कायाक क्लबका सुजन तामाङले जितेका छन्।

नेपाल र्यालफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा पर्वतीय खेलकुद महोत्सव अन्तर्गत त्रिशुली नदीमा भएको प्रतियोगिताको फाइनलमा २४।४१ अंक प्राप्त गर्दै तामाङ च्याम्पियन बनेका हुन्।

२४.६९ अंक ल्याएका कायाक क्लबकै सुमन थापा दोस्रो भए। यसैगरी चितवन टिम फिस्लिङमा विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए। शीर्ष तीन स्थान हाँसिल गरेका खेलाडीहरुले आगामी सेप्टेम्बरमा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि छनोट भएका छन्। उनीहरुले अब एशियाली खेलकुदका लागि तयारी सुरु गर्ने संघले जनाएको छ।

त्यस्तै दोस्रो र्या फ्टिङ च्याम्पियनसिपअन्तर्गत स्प्रिन्ट विधाको उपाधि प्याडल नेपाल ‘ए’ ले जितेको छ। निर्धारित दूरी २ मिनेट ९।६९ सेकेण्ड समयमा पूरा गर्दै प्याडल नेपाल ‘ए’ च्याम्पियन बन्यो। नेपाल कायाक क्लबको ए टिम २ मिनेट १०।८२ सेकेण्डमा दूरी पूरा गर्दा दोस्रो भयो भने टिम फिस्लिङ बी २ मिनेट १०।९० सेकेण्ड समय निकाल्दै तेस्रो भयो।

प्रतियोगिताअन्तर्गत र्या९फ्टिङका अन्य विधाहरु हेड टु हेड, स्लालोम र डाउनफलको फाइनल खेलहरु मंगलबार हुनेछन्।

तपाईको प्रतिक्रिया