Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – जिम्बावेमा आगामी २० गते सुरु हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । हरारेमा जिम्बावेका राष्ट्रपति इर्मसन माङगाग्वाले ट्रफि सार्वजनिक गर्नुभएको हो ।

ट्रफी सार्वजनिक समारोहमा प्रतियोगीतामा सहभागी हुने १० राष्ट्रका कप्तान पनि सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रमपछि आयोजित रात्रीभोजमा प्रतियोगितामा सहभागी सबै मुलुकका खेलाडीहरुलाई संयुक्त रुपमा सहभागी गराईएको थियो ।  प्रतियोगिताअघि भोलीबाट वार्म अफ म्याच सुरु हुनेछ ।

पहिलो दिन भोली ५ वटा अभ्यास म्याच हुनेछ । नेपालले चीर प्रतिद्वन्द्वी युएईसँग अभ्यास खेल खेल्दा आयोजक जिम्बावेले आयरल्याण्ड, वेष्ट ईण्डिजले अफगानिस्तान तथा हङकङ र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै पपुवा न्यु गीनी र स्कटल्याण्डले पनि भोली वार्म अफ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया