Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं – हवाईजहाजले कति माइलेज दिन्छ, तपाइँलाई थाहा छ ? यदि थाहा छैन भने यो पढ्नुहोस् । भिमकाय जहाजले एक किलोमिटर दूरी पार गर्नका लागि कति इन्धन खपत गर्दछ ?

समाचार अनुसार बोइङ ७४७ ले एक मिनेटको यात्राका क्रममा २४० लिटर इन्धन खर्च गर्दछ । यो विमानले १२ घण्टाको यात्राको क्रममा १ लाख ७२ हजार लिटर इन्धन खपत गर्दछ । एक किलोमिटर यात्राका क्रममा बोइङ ७४७ ले १२ लिटर इन्धन खपत गर्छ ।

यसको अर्थ ५ सय यात्रुलाई यो विमानले १२ लिटर इन्धनले १ किमी यात्रा गराउँदछ । यो भनेको प्रतिव्यक्ति एक किलोमिटर उडानका लागि ०.०२४ लिटर इन्धन हो । १ सय किलोमिटरको यात्राका क्रममा बोइङले प्रतिव्यक्ति २.४ लिटर इन्धन खर्च गर्दछ । यो कारले खर्च गर्ने भन्दा कम हो । एक कारले १ सय किलोमिटरमा ४ लिटर इन्धन खर्च गर्दछ । –एजेन्सी

 

तपाईको प्रतिक्रिया