Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बाब्वेसँग खेल्नेछ ।

आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बाब्वे र स्कटल्यान्ड रहेका छन् ।

आइसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, अफगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ ।

डिभिजन–२ को विजेता युएई समूह ‘ए’मा रहेको छ । उक्त समूहमा वेस्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यूगिनी र नेदरल्यान्ड्स रहेका छन् । समूह चरणमा सबै टिमले एक–अर्कासँग एक/एक खेल खेल्नेछन् भने दुवै समूहबाट उत्कृष्ट हुने तीन टिमले ‘सुपर सिक्स’ चरण खेल्नेछन् ।

सुपर सिक्स चरणमा एउटा टिमले तीनओटा खेल खेल्नेछ । समूह चरणमा पाएको अंकसमेत सुपर सिक्स चरणमा जोडिनेछ ।

यसैबीच, यो चरणमा नयाँ टेस्ट मान्यताप्राप्त मुलुक अफगानिस्तान, आयरल्यान्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्यूगिनीसँग विश्वकप छनोट खेल्नेछन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोलीले चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् ।

छनोटबाट उत्कृष्ट हुने दुई टोलीले २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् ।

तपाईको प्रतिक्रिया