Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – युएईसँग ७ रनले पराजित भएको नेपाल एकदिवसीय विश्वकप छनौटको समूह ‘बी’ मा परेको छ ।

नेपालले अब विश्वकप क्रिकेटमा स्थान बनाउन मार्चमा जिम्बावेमा हुने छनौट प्रतियोगितामा घरेलु टोली जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नुपर्नेछ ।

युएईले भने समूह ‘ए’ मा रहेका वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनीसँग खेल्नुपर्ने भएको छ ।

१० टोली सहभागी विश्वकप छनौटबाट शिर्ष २ वटा टोली  विश्वकपको लागि छानिनेछन । समूह ‘बी’ को तुलनामा समूह ‘ए’ कठिन मानिएको छ । युएईसँग ७ रनले हारेर दुखी भएको नेपाललाई विश्वकप छनौटको लागि तुलनात्मक रुपमा सजिलो मानिएको समूह ‘बी’ मा परेर भने केही राहत भएको छ । समूह चरणमा सबै टिमले एक अर्कासँग एक–एक खेल खेल्नेछन् ।

प्रतियोगिता फागुन २० गतेदेखि सुरु हुनेछ । पहिलो खेल नेपालले त्यसै दिन घरेलु टोली जिम्बाबेसँग खेल्नेछ । दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो खेल २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते नेपालले हङकङसँग खेल्नेछ ।

समूहको शीर्ष तीनभित्र रहन सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ । सुपर सिक्सको शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया