Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ को समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १  विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भयो। बुधबार नै भएको खेलमा आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बन्यो।

शीर्ष २ मा परेका नेपाल र यूएईबीच बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। खेल नामिबियाको एन्डरर्स मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।

नेपालले ५ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोड्यो। पाँचौ खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा युएई र चौथो खेलमा केन्यालाई हराएको थियो। दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।

दोस्रो स्थानको युएईले ६ अंक जोड्यो। युएईले ६-६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटपछि पारेको हो। पाँचौ स्थानमा रहेको ओमानले २ जित निकाल्दा केन्याले समूह चरणका पाँचै खेलमा हार बेहोर्यो।

शीर्ष २ मा स्थान बनाएसँगै नेपाल र युएईले आगामी महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका छन्। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ।

छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन्। १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।

समूह विभाजन यस्तो छ : 
समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता

पहिलो चरणमा दुई समूहमा लिग खेल हुनेछ। दुवै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन्।

छनोट प्रतियोगिताको आधारमा ३ एसोसिएट टिमलाई एकदिवसीय टिमको मान्यता प्रदान गरिनेछ। विश्वक्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड,  हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३  टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

तपाईको प्रतिक्रिया