Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई  पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।

जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे। करण केसीले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दीप लामिछानेले नटआउट ५ रन जोडे।

क्यनडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा पूरा गरेको हो। करणले सन्दीप लामिछानेका लागि दशौं विकेटका लागि सन्दीप लामिछानेसँग नटआउट ५१ रनको साझेदारी गरे। कुनै समय ९ विकेटको गुमाउँदा १ सय ४४ रन जोडेको नेपालले अन्तिम विकेटका लागि रोमाञ्चक साझेदारी गरेको थियो।

तपाईको प्रतिक्रिया