Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै  १९५ रनको लक्ष्य दिएको छ ।

क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित  नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । त्यस्तै सतसिमरन्जित ढिन्ड्साले नटआउट १८ रन बनाए ।

नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको अंक तालिकाको तेश्रो स्थानमा रहेकाले शीर्ष दुईमा रहन नेपाललाई जित्नै पर्ने दवाव छ । मंगलबारको खेलमा केन्यालाई ८ विकेटले हराउँदै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान ४ खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ । नेपाल र क्यानडामध्ये एक टोली र नामिबिया र युएईमध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् । केन्याले र ओमानसँग खेल्न बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ ।

शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले बुधबार हुने खेलमा क्यानडालाई हराउनै पर्ने दवाव बढेको छ । बुधबारको खेल जित्न नसके नेपाल डिभिजन टूमै रहने छ । नामिबिया, युएई र केन्यालाई हराएको नेपालले ओमानसँगको खेल ६ विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया