काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । कप्तान पारस खड्काले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगिताको शीर्ष २ मा रहँदै विश्वकप छनोट खेल्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । जितले नेपाललाई विश्वकप छनोटमा पुर्याउने छ । क्यानडा र नेपाल दुवैले समान ६ अंक जोडेका छन् ।
नेट रनरेटमा क्यानडा अघि छ । नेपालले यसअघि जितेका ३ वटै खेलमा टस जितेर पहिले फिल्डिङ गरेको थियो ।