Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं –  डिभिजन टूको शीर्ष दूई स्थानमा रहन नेपाललाई अाजको क्यानडासँगको खेल जित्नै पर्ने दवाव परेको छ । जितका वावजुद पनि नेपाल नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को अंक तालिकामा आज एक स्थान तल झरेको छ ।

हिजो केन्यालाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज तेस्रो स्थानमा झरेको हो । केन्यालाई ८ विकेटले पराजित गर्दै नामिबिया दोश्रो स्थानमा उक्लिएपछि नेपाल तेश्रोमा झरेको हो ।

समान चार खेल खेल्दै समान ६ अंक बटुले पनि रनरेटका आधारमा क्यानडा पहिलो, नामिबिया दोश्रो र नेपाल तेश्रो स्थानमा छ । अब नेपालले क्यानडासँग तथा नामिबियाले युएईसँग खेल्न बाँकी छ ।

अव नेपाल–क्यानडा, नामिबिया – युएई केन्या–ओमानबीच खेल हुन बाँकी छ । केन्या तेश्रो डिभिजनमा झरिसकेको छ । नेपाल–क्यानडा, नामिबिया – युएई मध्ये ११ एक टोलीले विश्वकप छनौट खेल्न पाउने छन् ।

तपाईको प्रतिक्रिया