Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले एफसी बाजललाई ४-० ले हराएको छ ।

स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब म्यान सिटीलाई विजयी गराउन ईके गुण्डोगानले दुई गोल गरे भने सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले एक–एक गोल गरे ।

च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलकै अर्को खेलमा ईटालीको युभेन्टस र इङ्ल्यान्डको टोटनह्याम हट्सपरले २-२ गोलको बराबरी खेलेका छन् ।

ईटालीको टुरिनमा भएको खेलमा घरेलु टोली युभेन्टसका गोन्जालो हिगुवानले सुरुवाती ९ मिनेटभित्र २ गोल गरे । तर पाहुना टोली टोटनह्यामका ह्यारी केन र क्रिश्चियन एरिक्सनले एक–एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

युरोपियन च्याम्पियिन्स लिग फुटबलमा आज राति थप दुई खेल हुनेछन् । आज राति हुने खेलमा पोर्चुगलको एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी भिड्नेछन् ।

प्रि क्वाटरफाइनलका बाँकी ४ खेल अर्को हप्ता हुनेछन् । अर्को हप्ता हुने खेलहरुमा जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास, इङ्ल्यान्डको चेल्सी र स्पेनको बार्सिलोना, स्पेनको सेभिया र इङ्ल्यान्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको ए.एस. रोमा भिड्नेछन् ।

तपाईको प्रतिक्रिया