Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – रोहित शर्माको राम्रो शतक(११५) सँगै उत्कृष्ट बलिङ गर्दै भारतले पाँचौ वान डे खेलमा दक्षिण अफ्रिकालाई ७३ रनले हराएको छ । यसका साथै भारतले दक्षिण अफ्रिकामा पहिलो श्रृङ्खला जित्दै इतिहास रचेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले दक्षिण अफ्रिकसमामू निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पोर्ट एलिजावेथ मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले ४२ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै २ सय २ रन मात्रै जोड्न सफल भयो । भारतले यो श्रृङ्खला ४–१ ले आफ्नो पोल्टामा पारेको अन्तिम तथा छैटौँ खेल १६ फ्रेब्रुअरीमा हुनेछ ।

ऐतिहासिक जितका लागि भारतका तर्फबाट रोहित शर्माले उत्कृष्ट पारी खेले । खराब फर्ममा रहेका रोहित शर्माले १२६ बलमा ४ छक्का र ११ चौकाको सहयोगमा ११५ रन बनाउँदै भारतको स्कोरलाई सम्मानजनक स्थिितिमा पुर्याएका थिए । म्यान अफ् द म्याच बनेका रोहित शर्माले आफ्नो वान डे करिअरमा १७ औं शतक हानेका छन् ।

कुलदीप यादव र युजवेन्द्र चहलको स्पिन जोडीले पनि बलिङमा आफ्नो जादु देखाए । उनीहरुले दुई÷दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि दुई महत्वपूर्ण विकेट लिए ।

दक्षिण अफ्रिकाको ६५ रनमा तीन विकेट गइसकेको थियो । तर हाशिम अमला र डेभिड मिलरको साझेदारीले दक्षिण अफ्रिकाको स्कोर केही बढेको थियो । पाँच ओभरमा दक्षिण अफ्रिकाको २५ रन थियो । छैटौं ओभरमा एडेन मार्करामलाई जीवनदान नै प्राप्त भयो ।  जसप्रित बुमराहको बलमा श्रेयस अय्यरले उनलाई क्याचआउट गराउने सुनौलो मौका गुमाएका थिए । लगत्तैको ओभरमा एडेनले भुवनेश्वर कुमारको बलमा चौका, छक्का वर्षाए ।

बुमराहले एडेनलाई ३२ रनमा कोहलीको हातबाट क्याच गराउँदै भारतीय टिमलाई पहिलो सफलता दिलाए । त्यसपछि जेपी डुमिनीलाई हार्दिक पांड्याले १ रनमै रोहित शर्माबाट क्याचआउट गराउँदै पेभेलियन फर्काइदिए ।

दक्षिण अफ्रिकाका महत्वपूर्ण विकेटका रुपमा रहेका एबी डिबिलियर्स पनि ६ रनमै आउट भए । उनी पांड्याको बलमा विकेटकिपर महेन्द्रसिंह धोनीको हातबाट क्याच आउट भए । दक्षिण अफ्रिकाको पाँचौ विकेटका रुमिा हाशिम अमलालाई उत्कृष्ट थ्रो गर्दै हार्दिक पांड्याले रनआउट गराए । उनले ९२ बलमा पाँच चौकासहित ७१ रनको योगदान दिए ।

सुरुवातमा भारतको ब्याटिङ राम्रो भए पनि पछि धरमराएको थियो । रोहित शर्मा र शिखर धवनले राम्रो सुरुवात गरेका थिए तर धवन ३४ रनमै आउट भए । कप्तान विराट काहली पनि ५४ बल खेल्दै ३६ रन मात्रै बनाउन सफल भए ।

अजिंक्य रहाणेले ८ रन बनाएर आउट भए । रोहित शर्मा र श्रेयस अय्यरले भारतीय इनिंग्सलाई सम्हाल्ने काम गरेका थिए । एक समय भारतीय टिमको स्कोर ३०० रनसम्म पुग्ने देखिन्थ्यो तर रोहित आउट भएपपछि लगातार भारतीय विकेट जान थाले ।

धोनीभन्दा पहिले हार्दिकलाई ब्याटिङका लागि पठाइएको थियो । छिटो रन बनाउन सक्ने ब्याट्सम्यानका हिसाबले धोनीभन्दा अघि ब्याटिङ गर्न आएका हार्दिक पहिलो बलमै आउट भए ।

केही दवावको स्थितिमा ब्याटिङ गर्न आएका धोनी पनि १३ रनमै आउट भए । भुवनेश्वर कुमारले २० बलमा १९ रन बनाउँदै भारतको स्कोरलाई २७४ सम्म पुर्याए ।
दक्षिण अफ्रिका लागि २१ वर्षीय फास्ट बलर लुंगी एनगिडीले सर्वाधिक ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया