Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ। आइतबार युएईको डब्लुएपी मैदानमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो।

युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले  २८.५ ओभरमा ६ विकेटको क्षतिमा पार गर्‍यो।

पहिलो खेलमा नामिबियालाई पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो। युएईलाई हराएर दोस्रो जित हात पारेको नेपालको प्रतियोगिताको शीर्ष २ मा रहेर एकदिवसीय  विश्वकप छनोट प्रतियोगितामा छानिने सम्भावना कामयै छ।

नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। पारसले १६ ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनी ५१ रन बनाएर आउट भए। पारसले ४८ बल खेल्दा २ चौका र ५ छक्का प्रहार गरे।

यस्तै रोहित कुमार पौडेलले नटआउट १२ रन र सोमपाल कामीले १० नटआउट रन जोडे ।

ओपनरद्वय दिलीप नाथ २ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ५ रन बनाएर पेभेलियन फर्के। दिलीप तेस्रो तथा ज्ञानेन्द्र चौथो ओभरमा आउट भए। यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ रनमा बोल्ड भएका थिए भने शरद भेषावकर ३ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा परे। आरिफ शेख छैटौं विकेटको रुपमा १६ रनमा आउट भए।

युएईका मोहमद नाभिद र अमिर हायतले २-२ विकेट लिए । रोहान मुस्ताफा र अमिर हायतले १-१  विकेट हात पारेका छन्।

ओसिलो मैदानका कारण ३४ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई  ३१ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

युएईका लागि शइमन अन्वारले सबैभन्दा बढी ३० रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिँदा कप्तान पारस खड्काले २ विकेट हात पारे। करण केसीले १ विकेट आफ्नो नाममा लेखाए।

सोमपालले खेलको तेस्रो बलमै नेपाललाई सफलता दिलाएका थिए। उनले ओपनिङ ब्याट्सम्यान असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे। यस्तै सोमपालले गुलाम सब्बरलाई १६ रनमा आउट गरे। उनले दशौं नम्बरका ब्याट्सम्यान मोमहद नाभिदलाई पनि सिकार बनाए। उनले १० रन जोडे। सोमपालले अहमेद राजालाई ८ रनमा खेलिरहदा ज्ञानेन्द्र मल्लबाट क्याच गराए।

करणले युएईका कप्तान तथा ओपनर रोहान मुस्ताफालाई ७ रनमा विकेटकिपर दिलीप नाथबाट क्याच गराए।

सन्दीपले १८औं ओभरमा लगातार २ विकेट हात पारे। उनले १८ ‍औं ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई शून्य रनमा आउट गरे। चौथो बलमा युएईका ब्याट्सम्यानले रन नलिएपछि सन्दीप ह्याट्रिक गर्न चुके। सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरे।

पारसले मोमहद बोतालाई १५ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे भने अडनान मुफ्तीलाई १८ रनमा आउट गरे।

खेल नामिबियाको ट्रस्टको युनाइटेड मैदानमा निर्धारित  समयभन्दा ३ घन्टा ढिलो सुरु भएको थियो।

तपाईको प्रतिक्रिया