Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमा नै एक विकेट झारेको छ ।

पहिलो ओभरमा नै युएइका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट भएका हुन् । नेपालका सोमपाल कामीले उनको विकेट लिएका हुन् । मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेल ३४ ओभरमा घटाइएको छ ।

नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए । नेपालले आइतबार यूएईसँग खेल्ने खेल डिभिजन टू मा  तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेकाे थियो भने ओमानसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया