Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले आइतबार युएईसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो १ : ३० बजेपछि  नामिबियाको विण्डहकमा रहेको युनाइटेड मैदानमा सुरु हुनेछ । अघिल्ला दुई मध्ये एक खेल मात्र जितेको नेपाललाई प्रतियोगिताका शिर्ष २ मा रहन आइतबारको खेल जित्नुपर्ने दवाव छ ।

युएईले पनि २ मध्ये एक खेल हारेकाले आइतबारको खेलमा जित महत्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीका लागि प्रतियोगिताको शिर्ष २ मा रहँदै विश्वकप छनोट खेल्ने सपना पूरा गर्न कठिन हुनेछ ।

नेपालले यसअघि नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग ६ विकेटले पराजित भएको थियो । युएईले यसअघि केन्यालाई २ सय १८ रनले हराएको थियो भने क्यानडासँग २३ रनले पराजित भएको थियो । रन औसतका आधारमा युएई नेपालभन्दा अघि अर्थात अंक तालिकाको दोस्रो स्थानमा छ ।

नेपालको ब्याटिङ मुख्य टाउको दुखाई

डिभिजन वान बाट टू मा घटुवा भएको नेपाल प्रतियोगिताको शिर्ष २ मा रहँदै विश्वकप छनोट खेल्न युएई पुगेको थियो । तर प्रतियोगिताका सुुरुका २ खेलमा त्यसअनुसारको प्रदर्शन भने गर्न सकेको छैन ।

बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । पहिलो खेलमा ९ विकेट गुमाएर अन्तिम ओभरमा १ सय ३९ रन बनाएको नेपालले दोस्रो खेलमा पनि १ सय ३९ रन मात्र बनाउन सक्यो ।

नयाँ खेलाडीको बाहुल्यता रहेको टिममा अनुभवी खेलाडीले पनि सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

नेपाली टिमको ब्याटिङको मुख्य भरोसा रहने कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन सामान्य मात्र रहँदा टिमको प्रदर्शन उक्सिन नसकेको हो । नेपाली ब्याटिङका अर्का खम्बा शरद भेषावकरले भने तुलनात्मक रुपमा राम्रो ब्याटिङ गरिरहेका छन् ।

ओपनरको जिम्मेवारी पाएका दीलिप नाथले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । यसअघिका दुवै खेलमा नेपालले न त  ५० ओभर पूरै टीक्न सकेको छ न त १ सय ४० रनको स्कोर नै कटाउन सकेको छ । त्यसैले, प्रतियोगिताको बलियो टोली मानिएको युएईलाई हराउन नेपालले ब्याटिङमा सुधार गर्नैपर्ने देखिएको छ ।

बलिङको भर

बलिङतर्फ भने नेपालले सन्तोषजनक प्रदर्शन गरिरहेको छ । बलरले बलिङमा मात्र नभई ब्याटिङमा पनि राम्रो योगदान गरिरहेका छन् । नामिबियालाई हराउँदा स्पिनर वसन्त रेग्मीको ब्याटिङको मुख्य भूमिका थियो । सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी निकै फर्ममा देखिएका छन् ।

हेट टू हेड

नेपाल र युएई अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि २६ पटक खेलेका छन् । सन् २०१२ मा भएको एसीसी एलिट कपमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो । प्रतियोगिताको फाइनलमा फेरि नेपाल र युएईको भेट भएकोमा फाइनल बराबरीमा सकिएपछि दुवै टिम संयुक्त विजयी घोषित भएका थिए ।

त्यसको २ वर्षपछि एसीसी प्रिंमियर लिगमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो । त्यस्तै सन् २०१५ मा भएको विश्वकप छनोटको अन्तिम चरणमा नेपाल युएईसँग १ सय २ रनले पराजित भएको थियो ।

पछिल्लो समय आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणमा नेपालले युएईसँग उसकै मैदानमा दुई खेल हारेको छ । डिभिजन टू अघि युएईले आयरल्याण्ड र स्कटल्याण्डसँग त्रिकोणात्मक सीरीज खेलेको थियो

तपाईको प्रतिक्रिया