Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं  – बुढासुव्वा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदै छ । धरान रंगशालामा आज हुने फाइनल खेलमा थ्रीस्टार र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

यो सिजनमा थ्रीस्टारको दुई पटक सामना गरिसकेको पुलिस छैठौं पटक बुढासुव्वाको उपाधि उचाल्ने तयारी गरेको छ । यस्तै, यसअघि चारपटक विजेताको थ्रीस्टार भने २०औं संस्करणको उपाधि उचाल्दै पोखरामा पुलिसको हारको बदला लिने रणनीति बनाएको छ । यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले ६ लाख तथा उपविजेताले ३ लाख, ट्रफी र प्रमाणपत्र वितरण प्राप्त गर्ने छन् । यसैगरी उत्कुष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वा्धिक गोलकर्ता, उदियमान खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एउटा यमाहा मोटरसाइकल प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया