Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नामिविया विरुद्ध खेलेको मैदान एफिज पार्कमा नेपालले दिउसो सवा १ बजेबाट ओमान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएका थियो । सो बेला नेपाल ओमानसँग १२ रनले पराजित भएको थियो ।

२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसँग २ रनले पराजित भएको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समूह चरणमा ओमानलाई हराएको थियो ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो । यो प्रतियोगिता अगाडी ओमानले अमेरीकासँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

यसका साथै उसले घरमा नै अभ्यास गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटको झिनो अन्तरले हराउँदा ओमान क्यानडासँग ८ विकेटले हारेको थियो ।

तपाईको प्रतिक्रिया