Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धरान – सुनसरीको धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम क्वारफाइनलमा आज थ्रीस्टार क्लब र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

घरेलु मैदानमा शानदार कमब्याक गरेको ललितपुरे क्लब थ्रीस्टार र राष्ट्रिय टोलीका केही खेलाडी अनुबन्धन गरेको सुदुरपश्चिम ११ दुबै टोली सहज जितसहित अघिल्लो चरणमा स्थान बनाउने प्रयासमा रहेका छन् ।

धरान रंगशालामा दिउँसो ३ बजे हुने खेलको निर्णयसँगै प्रतियोगिताको सेमिफाइनल समिकरणले पुर्णता पाउने छ । यसअघि नेपाल पुलिस क्लब, भारत कोलकत्ताको दुर्गापुर स्टिल र संकटा क्लबले अन्तिम चारमा स्थान बनाईसकेका छन् ।

यसअघि हिजो भएको तेस्रो क्वारफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले हराउँदै बिभागीय नेपाल पुलिसले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको थियो । ८ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले ६ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया