शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – ७६ वर्षीय आफ्नै पिताको हत्या गरेको अभियोगमा शिगा प्रिफेक्चरको ओत्सु निवासी तोमो इतोलाई प्रहरीले पक्राउ गरेको छ ।

पिताको हेरचाह गर्दै आएका ५० वर्षीय इतोले आइतवार बिहान करिव ४ बजेतिर आफ्ना पिताको हत्या गरी आफैले प्रहरीलाई खबर गरेका थिए ।

इतोले विद्युतीय उपकरणको प्रयोग गरी आफ्ना पिताको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै सान्केइ शिम्बुनले जनाएको छ । २ जना मात्रै बस्दै आएका बाबुछोराबीच लामो समयदेखि सम्बन्ध राम्रो नभएकोले इतोले बाबुको हत्या गर्न पुगेको प्रहरीले बताएको छ । ***

तपाईको प्रतिक्रिया