बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – कानागावा केनले बिदेशी पर्यटकहरुलाई निःशुल्क स्मार्टफोन उपलब्ध गराउने भएको छ । २ बर्षपछि टोकियोमा आयोजना हुन लागेको ओलम्पिकलाई मध्यनजर गर्दै सो योजना ल्याईएको हो । निःशुल्क स्मार्टफोन उपलब्ध गराउनका लागि कानागावा केनले सम्बन्धित कम्पनीहरुसंग यहि मंगलबार एक सम्झौता गरेको हो ।

सो सेवाको लागि कानागावा केनले यहि फेब्रुअरी मध्यदेखि मार्च अन्तसम्म परिक्षणको रुपमा लागु गर्ने र अप्रिल महिनादेखि पूर्णरुपमा लागु गर्ने योजना बनाएको एनएचकेले उल्लेख गरेको छ । परिक्षणको लागि योकोहामा, कामाकुरा, हाकोने लगायत ५ स्थानका पर्यटक सूचना केन्द्रहरुबाट दैनिक ५० सेट स्मार्टफोन उपलब्ध गराईने छ ।

जसबाट अंग्रेजी, चिनियाँ सहित १० भन्दा बढि भाषामा पर्यटकिय स्थलहरुको जानकारी प्राप्त गर्न सकिने छ । कानागावा केनले स्मार्टफोनको जिपिएस डाटा संकलन गरी बिदेशी पर्यटकहरुका लागि लोकप्रिय स्थानहरुको तथ्याङ्क निकाल्ने योजना पनि बनाएको छ ।
यस प्रकारको सेवाले एकातर्फ पर्यटकहरुलाई सहज रुपमा जानकारीहरु दिन सकिन्छ भने अर्कोतर्फ बिदेशीहरु बिच फैलिएको जापानको सञ्चार सुबिधाको समस्या सम्बन्धी गुनासोलाई पनि निर्मुल पार्न सहयोग पुग्ने कानागावा केनका गभर्नर कुरोइवाले बताएका छन् । हाललाई कानागावा केनमा लागु गरिने यो सेवा जापानका अन्य प्रान्तहरुमा पनि बिस्तार गरिने योजना रहेको बुझिएको छ । ***

तपाईको प्रतिक्रिया