Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024
काठमाडौं  – मोहन बगानमा आबद्ध भएका राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरले भारतीय घरेलु फुटबल लिग आई लिगमा डेब्यू गरेका छन् । उनको डेब्यू खेलमा मोहन बगानले सिलोङ लाजोङलाई ३–० ले हराएको छ ।
दिल्लीको जवाहरलाल रंगशालामा भएको खेलमा बिमलले नियमितपछिको अतिरिक्त समयमा डेब्यू गरे । ९२औं मिनेटमा लेवनानका स्ट्राइकर तथा खेलका गोलस्कोरर अक्रम मोघ्रावीलाई सब्सिच्युड गर्दै डेब्यू गरेका हुन् । क्लवले उनलाई ११ नम्बरको जर्सी दिएको छ ।
यसअघि खेलको ३०औं मिनेटमा पिएरिक दिपान्दाको गोलमार्फत मोहन बगानले अग्रता बनाएको थियो । पहिलो हाफ एक शून्यले पछि परेको घरेलु टोली सिलोङले दोस्रो हाफको अन्त्यतिर थप दुई गोल खायो ।
८६औं मिनेटमा मोघ्रावीले फर्नाण्डेसको पासमा गोल गर्दाृ त्यसको तीन मिनेटपछि नै शेख फइयाजले टिमका लागि तेस्रो तथा निर्णायक गोल गरे ।
जितपछि मोहन बगान १२ खेलबाट २० अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान २० अंक नै भए पनि उसले ईष्ट बंगाललाई गोलअन्तरका आधारमा पछि पारेको हो । अंकतालिकाको शीर्ष स्थानमा किरण चेम्जोङको टोली मिनर्भा पञ्जाव २६ अंकसहित यथावत छ ।
तपाईको प्रतिक्रिया