Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – भारतीय बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आइसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा भारतले अष्ट्रेलियालाई ४७ ओभर २ बलमा २१६ रनमा अलआउट गरेको छ ।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाका लागि मध्यक्रमका ब्याट्सम्यान जोनाथन मर्लोले सर्वाधिक ७६ रन बनाए । त्यस्तै जे एडवार्ड्सले २८ तथा एनए म्यास्वीनीले २३ रन बनाए । भारतका लागि इशान पोरेल,शिवा सिंह, कमलेश नागरकोटी तथा अनुकूल रोयले २–२ विकेट लिए ।

२१७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको भारतले अहिले ४ ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा २३ रन बनाएको छ  । अहिले मैदानमा मनोज काल्राले ९ रन र पिपि शाहले १० रन बनाएर खेलिरहेका छन् । न्यूजील्याण्डमा भैरहेको खेलमा पानी परेपछि अहिले खेल रोकिएको छ ।

दुवै टिमले अहिलेसम्म तीन–तीन पटक यु–१९ विश्वकप क्रिकेटको उपाधि हात पारेका छन् । अष्ट्रेलियाले सन् १९८८, २००२ र २०१० मा यु–१९ विश्वकप जितेको थियो भने भारतीय टिमले २०००, २००८ र २०१२ मा यसको उपाधि हात पारेको थियो । २००६ र २०१६ मा भने भारत फाइनलमा हारेको थियो ।

तपाईको प्रतिक्रिया