Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन टू को तयारीका लागि दुबईमा रहेको नेपाली क्रिकेट टोली तेश्रो अभ्यास खेलमा ६४ रनले पराजित भएको छ । युएई ‘ए’ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पारस खड्काले ४१ र दीपेन्द्रसिंह ऐरीले २६, उपकप्तान ज्ञानेन्द्र मल्लले २४, अनिल शाहले २१ र आरिफ शेखले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि दुबइको आइसीसी ग्लोबल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ‘ए’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । उसका लागि चिराग सुरीले ८५ रन बनाए भने अलि मिर्जाले ४२ रनको योगदान दिए ।

यसअघिका दुईवटा अभ्यास खेलमा नेपाल विजयी भएको थियो । आजको अन्तिम अभ्यास खेलपछि नेपाली टोली डिभिजन टू खेल्न युएईबाटै नामिबिया जानेछ ।

नेपालले डिभिजन टूमा पहिलो खेल आगामी बुधबार आयोजक नामिबियासँग खेल्नेछ । डिभिजन टू को शीर्ष दुई स्थानमा रहन सफल भए नेपालले आगामी मार्चमा हुने विश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया