Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – छिल्लो समय क्लबमा जाने युवायुवतीको संख्या ठूलो छ । धेरै मानिसमा स्वास्थ्यप्रतिको सचेतनाका कारण पनि अहिलेका युवायुवती आफ्नो जीवनशैलीप्रति सचेत देखिन्छन् । फिटनेस सेन्टरदेखि जुम्बा एक्सरसाइजसम्ममा युवापुस्ताको आकर्षण छ । तर, धेरैलाई थाहा नहुन सक्छ कि एक्सरसाइज गर्दा कस्तो खाना खाने ?

-एक्सरसाइज गर्दा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । पानीले शरीरलाई फ्रेस राख्न पनि सहयोग गर्छ । एक्सरसाइज गर्दा पसिना बग्ने भएकाले पनि पानीको अवश्यकता हुन्छ ।

-जुम्बा गर्दा भने बढी पानी पिउनु हुँदैन । एकपटकमा दुई सय ५० देखि तीन सय एमएलसम्म पानी पिउँदा राम्रो हुन्छ । यसको अलावा स्वस्थ रहनका लागि दिनमा पाँच  लिटर पानीको प्रयोग राम्रो मानिन्छ ।

-एक्सरसाइज जति महत्वपूर्ण हुन्छ, त्योभन्दा बढी एक्सरसाइज गर्दा खाने खानाको प्रभाव रहन्छ । एक्सरसाइज गर्दा यति नै खानुपर्छ भन्ने छैन । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री नभई नेचुरल डाइट मात्र खाँदा हुन्छ । तर, यसले प्रतिफल दिन भने समय लाग्छ ।

-कार्बोहाइड्रेड, प्रोटिनयुक्त र बोसोको प्रयोग सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । त्यसका लागि दूध, फलफूल, अन्डाको सेतो भाग, चना आदिको प्रयोग गर्न जरुरी हुन्छ । एक्सरसाइज र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।

तपाईको प्रतिक्रिया