शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–गुल्मी जिल्लाको आँपचौरबाट जापानमा आई विभिन्न पेशा, ब्यबसाय तथा अध्ययन गरेका आँपचौरबासीहरुको संस्था आँपचौर सेवा समितिको पॉचौ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारीको प्रमुख आतिथ्यततामा सम्पन्न सो कार्यक्रममा समितिले हालसम्म गरेको कार्यप्रगति तथा आगामी कार्ययोजना बारेमा छलफल गरिएको थियो । सोही कार्यक्रममा आफ्नो समाज र सेवा समितिलाई सहयोग पुरयाउने व्यक्तित्वहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
सो कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष बाबुराम भण्डारी, पत्रकार महॉसघ जापानका पूर्व अध्यक्ष तिलक मल्ल, एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल, पत्रकार महॉसघ जापानका अध्यक्ष मोहन घले, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
समितिका अध्यक्ष महेन्द्रकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तुलाराम तिवारीले गर्नुभएको थियो भने कृष्णप्रसाद पोखरेलले स्वागत गर्नुभएको थियो ।

गत जनवरी १ तारिकमा सम्पन्न पॉचौ अधिवेशनबाट अध्यक्षमा अधिकारीसहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए । जस अनुसार समाजको उपाध्यक्षमा दधिराम खरेल, महाशर्मा खरेल, प्रकाश खरेल, भानु अर्याल, आत्माराम भट्टराई निर्वाचित भएको अध्यक्ष मण्डलका सदस्य गुणराज सापकोटाले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको महासचिवमा कृष्णप्रसाद पोखरेल, सचिवमा विष्णुप्रसाद खराल, कोषाध्यक्षमा गोकुल अर्याल र सह कोषाध्यक्षमा सविन घिमिरे रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा सरस्वती खरेल, घनश्याम खरेल, घनश्याम खराल, शिव रोका र ददीराम अर्याल निर्वाचित हुनुभएको छ । त्यस्तैगरि विष्णु खरेल, सुनिल अर्याल, दिपक अर्याल र टोपलाल तिवारी निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया