बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – नवलपुर र नवलपरासी समाज जापानको अध्यक्षमा सागर कँडेल (सन्तोष) निर्बिरोध निर्वाचित हुनुभएको छ । समाजको बुधवार भएको पहिलो अधिवेशनले कँडेलको नेतृत्वमा २१ सदस्य कार्यसमिती गठन समेत गरेको छ ।

समाजको उपाध्यक्षमा तिलक सापकोटा र कृष्ण खरेल महासचिव प्रकाश सापकोटा, कोषाध्यक्ष प्रेम कँडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गणेश सापकोटा, गोविन्द कँडेल, शिव कँडेल, बिपिन के.सी र प्रेम के.सी कँडेल (सागर) लगायत २१ जनाको समिती बनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथी डिपी कँडेल रहनुभएको थियो भने अध्यक्षता केशव पौडेलको रहेको थियो ।

तपाईको प्रतिक्रिया