Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – थ्रीस्टार क्लब पोखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको सेमिफाइनलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबलाई ५-० को फराकिलो अन्तरमा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो । १४ महिनापछि घरेलु फुटवलमा फर्किएको थीस्टारले जारी सिजन यो तेस्रो प्रतियोगितामा सहभागीता हो । खप्तड गोल्डकपमा नेपाल आर्मीसँग पराजित भएपछि क्वाटरफाइनलबाटै बाहिरिएको थ्रीस्टारले मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै मदन भण्डारी मेमोरिएल इटहरी गोल्डकपको उपाधि जितेको थियो ।

१६ औं संस्करणको आहारारा गोल्डकप फुटवलको फाइनलमा पुर्‍याउन आज विश्वास श्रेष्ठले ह्याट्रिक गरे भने थप गोल बिष्णु गुरुङ र निराजन खड्काको नाममा रह्यो । दोस्रो सेमिफाइनलमा भोली नेपाल पुलिस क्लब र धरान फुटवल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने आगामी शनिवार हुनेछ ।

तपाईको प्रतिक्रिया