Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विभागीय टिम नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बलियो प्रतिद्धन्दी मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा पुलिसलाई जित दिलाउनका लागि निरकुमार राई, दिनेश राजवंशी र सुमन लामाले गोल गरे । यता मनाङको लागि एक मात्र गोल विशाल राईले गरेका थिए । पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । गोल गर्ने केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा दुबै टोलीले पहिलो हाफमा अग्रता बनाउनबाट चुकेका थिए ।

दोस्रो हाफमा पुलिसले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । खेलको ५३ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि नै दिनेश राजवंशीले गोल गर्दै पुलिसलाई दोब्बर अग्रतामा पु¥याए । एकपछि अर्को दबाब बनाएको पुलिसले खेलको ७२ औं मिनेटमा सुमन लामाको गोलबाट ३–० गोलको अग्रता लिएको थियो ।

निकै दबाबमा खेलको मनाङका लागि विशाल राईले खेलको ८२औं मिनेटमा गोल गर्दै ३-१ गोलको स्थितिमा पु¥याए । तर बाँकी समयमा मनाङले गोल गर्न नसकेपछि पुलिस क्लब ३-१ गोलन्तरले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसले सेमिफाइनलमा अब धरान एफसीसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबले बंगलादेशको उत्तर बरिधार एफसीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले ७ लाख १ हजार र ट्रफि पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान हिरो ड्यास स्कुटर पाउनेछन् ।

तपाईको प्रतिक्रिया