बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
फोटो : गुगल

टोकियो–जापानको श्रम मन्त्रालयले जापानमा गतवर्षको १० महिनामा मात्रै १२ लाख ७८ हजार भन्दा बढि विदेशी कामदारहरु भित्रिएको जनाएको छ । 

जापानको श्रम मन्त्रालयले जापानमा १२ लाख ७८ हजार भन्दा बढि विदेशी कामदारहरु रहेको जनाएको छ ।
तिव्ररुपमा आर्थिक विकास गरिरहेको विश्वकै तेस्रो शक्तिशाली अर्थतन्त्र भएको म’ल’क जापानमा विदेशी विद्यार्थी, प्रशिक्षार्थी कामदारहरुबाट जनशक्तिको परिपूर्ति गरिनुुपर्ने वाध्यात्मक अवस्थाका कारणले विदेशी कामदारको संख्या बढिरहेको र गत अक्टोबर समान्तमा १२ लाख ७८ हजार ६ सय ७० जना विदेशी कामदारहरु रहेको श्रम मन्त्रालयले जनाएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १८ प्रतिशत अर्थात १ लाख ९४ हजारले बढि रहेको मन्त्रालयले जनाएको छ ।
सन् २००८ यताबाट लिइएको तथ्याङ्क अनुसार पछिल्लो अंक सर्वाधिक हो । मन्त्रालयका अनुसार जापानमा रहेका कामदारहरु मध्ये सबैभन्दा धेरै चीनियाँ ३ लाख ७२ हजार, दोस्रोमा भियतनामी २ लाख ४० हजार र तेस्रोमा फिलिपिनी १ लाख ४६ हजार छन् । जापानमा आएका भियतनामी कामदारको संख्या २०१६ को तुलनामा ४० प्रतिशतले बढेको छ । त्यसैगरी ब्राजिलियन १ लाख १७ हजार २ सय ९९ र नेपाली ६९ हजार २ सय ११ जना रहेको समाचारमा उल्लेख छ । नेपाली कामदारहरुको संख्या अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको तुलनामा स्थायी आवासिय र जापानीका परिवारको रुपमा रहेका विदेशी कामदारहरुको संख्या ११ प्रतिशत वृद्धि भई ४ लाख ५९ हजार १ सय ३२ जना पुगेका छन् । त्यसैगरी विद्यार्थीहरु २४ प्रतिशत वृद्धि भई २ लाख ५९ हजार ६ सय ४ र प्रशिक्षार्थी कामदारहरु २द्द प्रतिशत वृद्धि भई २ लाख ५७ हजार ७ सय ७८ जना पुगेको तथ्यांक छ ।
विदेशी कामदाहरु मध्ये ३ लाख ८५ हजार निर्माण क्षेत्रमा संलग्न छन् ।
जापानमा कामदारको संख्या न्यून हुँदै गएकोले त्यसको परिपूर्तिका लागि विद्यार्थी, प्रशिक्षार्थी कामदारहरुलाई थोरै पैसामा लिएर कामदारहरु आवश्यकता पूरा गर्ने गरिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया