Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

बागलुङ – ‘युवा विकासकाे अाधार, खेलकुद पर्यटन र राेजगार’ भन्ने मुल नारा साथ बागलुङ नगरपालिका बागलुङले माघ १६ गतेदेखि सदरमुकाममा पहिलोपटक मेयर कप फुटबल काे तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बागलुङ नगरपालिकाले पत्रकार सम्मेलन गरि इतिहास म‌ै पहिलोपटक मेयर कपकाे अायाेजना गर्न लागेको बागलुङ नगरपालिकाका मेयर जनकराज पाैडेलले बताए । सहिदकाे सम्मान स्वरूप माघ १६ गते सहिद दिवसकै दिन उद्घाटन गर्न लागेको मेयर पाैडेलले बताए ।

प्रथम मेयर कप सफलतापूर्बक सम्पन्न गर्न जिल्ला खेलकुद बिकास समिति, जिल्ला फुटबल संघ  लगायत अन्य खेलकुद संग सम्बन्धित संस्थासंग सहकार्य गरेको छ । मेयर कप फुटबल प्रतियोगितामा प्रदेश नम्बर ४ काे ११ वटा नगरपालिकाले टिमले भाग लिने कार्यक्रममा रहेको बागलुङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले गरेका थिए । कार्यक्रम संचालन बागलुङ नगरपालिका कार्यालयका याेजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुबेदीले गरेका थिए ।

प्रथम मेयर कप प्रयाेगिता बागलुङकाे भकुण्डे खेल मैदानमा एउटा खेल गर्ने कार्यक्रम रहेको छ । खेल सम्पन्न गर्न १५ लाख खर्च बिनियाेजन गरेको छ अन्य खेल म‌‌‌ैदान बनाउन र सांस्कृतिक झांकी प्रर्दशनी गर्न थप १५ लाख गरि ३० लाख खर्च लाग्ने नगर प्रमुख पाैडेलले बताए । पत्रकार सम्मेलनमा खेलकाे लागि तयार पारिएको टिसर्ट ट्रफी समेत सार्वजनिक गरिएको थियो । मेयर कपमा बागलुङ नगरपालिका, पालुङटार नगरपालिका, वालिङ नगरपालिका, ग‌ैडाकाेट नगरपालिका, बेनी नगरपालिका, पाेखरा लेखनाथ महानगर पालिका, गलकाेट नगरपालिका, कुश्मा नगरपालिका, देबचुली नगरपालिका, ब्यास नगरपालिका  र गाेर्खा नगरपालिका बिच खेल हुनेछ । ***

तपाईको प्रतिक्रिया